दशैका लागी अग्रीम टिकट बुकिङ आजबाट खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दशैका लागी अग्रीम टिकट बुकिङ आजबाट खुला

dashain ticket booking

काठमाडौं, ९ असोज । दशैका लागी अग्रीम टिकट बुकिङ मंगलवार बाट खुला भएको छ । असोज ५ गते खुल्ने भनिएको अग्रीम टिकट बुकिङ असोज ९ गते खोलीएको हो ।
टिकट वुकिङ खुले संगै बसपार्कमा टिकट लिनेको घुईचो बढेको छ । सर्वसाधारणहरुले घर जानका लागि अग्रिम टिकट लिनका लागी सास्ती ब्यहोर्नूपरेको बताएका छन । दशैँका लागी राजधानी बाहिर जाने यात्रुहरुको सहजताका लागि असोज ५ गते टिकट बुकिङ खुला गर्ने सरकार र यातायात ब्यबसायी विच सहमती भएको थियो । तर सहमती भएकै दिन सरकारले इन्धनमा मुल्यबृद्धि गरेपछि यातायात ब्यवसायीहरुले मूल्य बृद्धि फिर्ता नलिएसम्म टिकट वुकिङ नगर्ने अडान लिएका थिए ।

सरकार र यातायात ब्यबसायीहरुको लामो रस्साकस्सी पछि यातायातको भाडादर बढाएर मंगलवारवाट ब्यबसायीहरुले दशैका लागी अग्रीम टिकट बुकिङ खुला गरेका छन । टिकट खुले संगै बसपार्कमा अग्रीम टिकट लिनेको घुईचो बढेको छ । लामो अन्यौलनता पछि टिकट खुलेका कारण टिकट पाउने सर्वसाधारणहरु ठूलै युद्ध जितेको जस्तै खुसी देखिन्थे ।

बिहान ७ बजे देखी टिकट खुल्ने भनिएपनि ९ बजे सम्म पनी काउन्टर नखुल्दा राती १२ बजेबाट टिकटका लागी आएका सर्वसाधारण अलमलमा परेका थिए । टिकट खुलेपनी टिकट बुकिङका लागी राम्रो ब्यबस्थापन नभएको सर्वसाधारणले गुनासो गरेकाछन । ढिलै भएपनि दशैका लागी अग्रीम टिकट बुकिङ खुला हुँदा चाडपर्व मनाउन आफ्नो घर फर्किने सर्वसाधारणका लागी राहात मिलेको छ । हरेकजसो दशैमा टिकट वुकिङमा विचौलियाहरु सक्रिय रहने हुदा दिनभर लाईन बसेर टिकट लिन जाने सर्वसाधारण भने मारमा पर्ने गरेका छन । टिकट वुकिङमा विचौलियाको प्रभाव रोकी सहज र सुलभ दरमा टिकट पाउने व्यवस्था गर्न सम्वन्धित पक्षहरुले बेलैमा ध्यानदिनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);