यसकारण बिथोलियो अग्रिम टिकट बुकिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यसकारण बिथोलियो अग्रिम टिकट बुकिङ

ticket booking bitholiyo

अप्सरा लामिछाने
काठमाडौं, ३ असोज
। दशैका लागि असोज ५ गते टिकट बुकिङ खुला गर्ने सरकार र यातायात व्यवसायीको सहमती पुन विथोलिएको छ । सरकारले चाडपर्वको समयमा इन्धनमा मुल्यवृद्धि गरेको भन्दै असोज ५ गते टिकट बुकिङ खुला नगर्ने बताएको छ । यातायात व्यवसायीहरुको यो निर्णयले चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुलाई भने समस्या पर्ने देखिएको छ ।

लामो रस्साकसी पछि यातायात व्यवसायीसँग झुकेर सरकारले दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न सफल भयो । आफैले बन्द गरेको यातायात समितिका खाता संचालन गरिदिएर अग्रिम टिकट बुकिङ खोल्न सफल भएको सरकारको सफलतामा यातायात व्यसायीले एकदिनमै ब्रेक लगाइदिएका छन् ।

सरकारले यातायत व्यसायीको खाता संचालन गरेकै दिन पेट्रोलियम पदार्थका भाडा बढाएपछि व्यवसायीले भाडा समायोजन गर्ने वा मुल्यबृद्धि फिर्ता लिने विकल्प रोज्न सरकारलाई अल्टिमेटम दिएका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि फिर्ता नलिए शुक्रबार देखि सुरु हुने अग्रिम टिकट बुकिङ नखोल्ने चेतावनी दिएका छन् ।

यता असोज पाँचगते पनि टिकट नखुल्ने भएपछि दशैँका लागि घर जाने यात्रुहरु भने भने अन्योलमा परेका छन् । सर्बसाधारणले सरकार र यातायात व्यवसायीको द्वन्द्वमा आफूहरु घुन झै पिसिएको गुनासो गरेका छन् । सरकारले चाडपर्वको नजिक इन्धनको मूल्यवृद्धि गर्दा यातयात व्यवसायीले टिकट बुकिङ नखोलेको भन्दै सरकार र व्यवसायी ‘तँ कुटेझै गर म रोएझै गर्छु’ भन्ने शैलीमा प्रस्तुत भएको अरोप लगाएका छन् ।

यातायात व्यवसायीले हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने क्रममा आफ्ना माग सम्बोधन गराउनका लागि विभिन्न समस्याहरु खडा गर्ने गर्छन् । झन यसपटक सरकारले नैं इन्धनमा मुल्यवृद्धि गरेर आगोमा घिउ थप्ने काम गरेको छ । हप्तामै दोस्रोपटक गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले पेट्रोलियमको स्वचालित मूल्य प्रणालीको मात्र खिल्लि उठाएको छैन, सरकारको गैरजिम्मेवारीलाई समेत उदाङ्गो बनाइदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);