स्वतन्त्रताको अधिकार रक्षा गर्न सञ्चारकर्मीलाई महराको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वतन्त्रताको अधिकार रक्षा गर्न सञ्चारकर्मीलाई महराको आग्रह

krishana bdr mahara

काठमाडौं, ३ असोज । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले जनताको स्वतन्त्रता उपभोग गर्ने अधिकारको रक्षा गर्न सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।

बुधबार काठमाडौँमा नयाँ पाइला नामक अनलाइन पत्रिकाको शुभारम्भ गर्दै सभामुख महराले समाजमा सकारात्मक संदेश प्रवाह गर्ने गरि सञ्चार कर्म गर्न पनि अनुरोध गरेका छन् । अबको पत्रकारिताको केन्द्रमा देश र जनतालाई राख्दै थप विश्वसनीय हुन पनि उनले आग्रह गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका सांसद योगेश भट्टराईले जनतालाई संविधानले दिएको अधिकारलाई सुरक्षित गरेर मात्र पत्रकारिता सम्भव रहेको बताए । भर्खरै जारी भएको मुलुकी देवानी र फौजदारी कानुनले व्यवसायिक कामलाई कुनै अप्ठेरो नपारेको तर्क गरे ।

सांसद भट्टराईले अमर्यादित तथा अव्यवसायिक काम गर्ने जो कोहि पनि कानुनको दायरामा आउनु पर्ने बताए । स्वतन्त्र प्रेस सबै राजनैतिक दलको अवधारणा रहेकोले कोहि पनि नडराउन उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने अभिप्रायले अगाडी बढेको आरोप लगाए । भर्खरै जारी भएको मुलुकी देवानी र फौजदारी कानुन निर्माणमा भएको असावधानीलाई सरकार पक्षका व्यक्तित्वहरुले दिएको टिप्पणीले स्वतन्त्र प्रेसको टाउकोमा तरबार नझुण्ड्याउन आग्रह गरे ।

कार्यक्रममा अनलाइनका प्रधानसम्पादक रहेका धर्मेन्द्र झाले आफ्नो अनलाइन मार्फत समाज रुपान्तरणमा समाचार, विचार र सूचना पाठकसमक्ष लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);