प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई सभामुखको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारलाई सभामुखको आग्रह

krishana mahara

काठमाडौं, ११ पुस । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षको जस्तो व्यवहार नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । सभामुख महराले देश र जनताको पक्षमा दृढतापूर्वक उभिदै संसद र संसदीय गतिविधिलाई जनता माझ पु-याई दिन पनि पत्रकारहरुलाई पटक–पटक आग्रह गरे ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नयाँ कार्य समितिलाई पद हस्तान्तरणका लागि सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलोको रुपमा रहेको संघीय संसदको सबै गतिविधिलाई जनतामाझ संचार गराउन पनि संसदीय मामिला पत्रकार समाज सफल हुने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा सभामुख महराले संघीय संसदमा जनताको प्रतिनिधिहरुलाई सार्थक छलफल गराउन आफू प्रतिवद्ध रहेकोे बताए । उनले संसदको काम कार्वाहीलाई सार्थक बनाउन रचनात्मक सहयोग गर्न पनि संसदीय मामिला पत्रकार समाजका नयाँ नेतृत्वको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास बढाउने दायित्व पूरा गर्ने काममा साथ पनि पत्रकारहरुलाई आग्रह गरे । उनले संवैधानिक व्यवस्था अनुसार कानुनहरुको निर्माण तथा संशोधनको काम अघि बढ्ने भएकाले त्यसमा पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशनमा विधिसम्मत ढंगले पर्याप्त छलफल गरेर नयाँ कानुन निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);