मन्त्रीको हस्तक्षेपलाई गम्भीरताका साथ लिएको छु : सभामुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मन्त्रीको हस्तक्षेपलाई गम्भीरताका साथ लिएको छु : सभामुख

krishana bdr mahara

काठमाडौं, २० असोज । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसदीय समिति बैठकको निर्णय प्रक्रियामा सरकारका मन्त्रीहरुले हस्तक्षेप गरेको कुरालाई आफुले गम्भीरताका साथ लिएको बताएका छन् ।

संसदीय मामिला पत्रकारितासम्बन्धि संघ स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले संसद्को विकाश तथा प्रविधि समितिको निर्णयमा संचारमन्त्रीले हस्तक्षेप गरेको र सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ तोक्न भनेर माग गर्ने सांसदहरूलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सभामुखलाई चिठी लेखेर कारबाही गर्न माग गरेको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

आफुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवसंगको सम्बादमा सांसदलाई कारबाही नभई मन्त्रालयको निर्णय छानविन गरेर कारबाही हुन्छ भनेर जवाफ दिएको बताए ।

मन्त्रीहरूका यी गतिविधिले सरकारले सदनलाई छायाँमा पार्न खोजेको हो कि भन्ने पत्रकारहरुको जिज्ञासामा सभामुख महराले संसद सरकारको छायाँमा नभई वाच भएर निरन्तर सरकारका सबै गतिबिधि निगरानीमा रहने बताए ।

पत्रकारहरूलाई कुनैपनि समितिमा बन्देज नभएको भन्दै सभामुख महराले समिति सभापतिहरू नयाँ भएको र उनीहरूलाई बोलाएर सबै विषयमा छलफल गर्ने बताए । राज्य व्यवस्था समितिमा पत्रकारलाई निषेध गरिएको प्रसंगमा सभापतिहरूले संसदीय प्रक्रिया सिक्दै भएकोले न आत्तिन पनि आग्रह गरे ।

संसदीय समिति बैठकको निर्णय प्रक्रियामा पछिल्लो समय भएका मन्त्रीहरूका हस्तक्षेपको विषय सम्बन्धीत मन्त्रीसँग छलफल गर्ने उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);