ओली सरकार नालायक भएकाे देउवाकाे अाराेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ओली सरकार नालायक भएकाे देउवाकाे अाराेप

deuba

काठमाडाैं, २० असाेज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन् ।

सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाए ।

उनले वातावरणीय लगायतका हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ । सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);