प्रदेश ७ को नाम सुदुरपश्चिम र राजधानी गोदावरी नैं रहन्छ : कर्णबहादुर थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

प्रदेश ७ को नाम सुदुरपश्चिम र राजधानी गोदावरी नैं रहन्छ : कर्णबहादुर थापा

karna thapa

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश–७ अध्यक्ष कर्णबहादुर थापाले प्रदेश–७ को नाम सुदुरपश्चिम र राजधानी गोदावरी नै हुने दावी गरेका छन् ।

माउण्टेन टेलिभिजनसँगको कुराकानीमा पूर्वमन्त्री समेत रहेका थापाले संसदीय समितिको प्रस्ताव प्रदेशसभाले जस्ताको तस्तै अनुमोदन गर्ने बताए । उनले विवाद नगर्न प्रतिपक्षी कांग्रेसलाई आग्रह गर्दै राजधानी कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा तोकिएको दावी गरे ।

थापाले प्रदेशको नाम र राजधानी तोक्ने जिम्मा प्रदेश–७ कै जनताको भाएको भन्दै मिलेर अघि बढन आग्रह गरे । प्रदेश नम्बर सातले आजै नाम र राजधानीको टुंगो लगाउने तयारी गरेको छ ।

प्रदेशसभाको बैठक विहान साँढे ११ बजेका लागि बोलाइएको छ । तारा लामा संयोजकत्वको संसदीय समितिको प्रस्ताव आएसँगै धनगढी र डोटीमा बन्दसहित विरोध प्रर्दशन भइरहेको छ ।