कार्यबाहक प्रधानमन्त्री पोखरेल र भारतीय पेट्रोलियम मन्त्रीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कार्यबाहक प्रधानमन्त्री पोखरेल र भारतीय पेट्रोलियम मन्त्रीबीच भेटवार्ता

ishwor pokhrel-dharmendra pradhan

काठमाडौं, १२ असोज । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलसँग भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले शिष्टाचार भेट गरेका छन् ।

भेटवार्तामा भारतीय मन्त्री प्रधानले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाईन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी मन्त्री प्रधानले ग्याँस ढुवानीमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको कार्यबहाक प्रधानमन्त्री पोखरेलले जानकारी दिए ।

नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरी सहितको शिष्टाचार भेटमा भारतीय पेट्रोलियम मन्त्री प्रधानले हेटौडामा निर्माणाधिन पोलिटेक्निक इन्टिच्यूटको काम सम्पन्न गर्न ढिलाई नहुने जानकारी पनि कार्यबहाक प्रधानमन्त्री पोखरेललाई गराएका थिए ।

भेटमा दुवै मुलुकको आपसी हितका अन्य विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);