पाईप लाइनकाे काम सकिएपछि नेपालमा पेट्रोलियम पदार्थ सहज : भारतीय मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाईप लाइनकाे काम सकिएपछि नेपालमा पेट्रोलियम पदार्थ सहज : भारतीय मन्त्री

काठमाडौं, १३ असोज । भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्री धर्बेन्द्र प्रधानले भारतको मोतिहारी देखि नेपालको अमलेखगञ्जसम्म बन्दै गरेको पेट्रोलियम पदार्थको पाईप लाइनको काम सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थ सहज हुने बताएका छन् ।

दुई दिने नेपाल भ्रमणका लागि शनिवार जनकपुर आएका मन्त्री प्रधानले यस्तो बताएका हुन् । मन्त्री प्रधानले दुई देशबीचको पेट्रोलियम पाइप जडान सम्पन्न भएपछि नेपालमा पेट्रोलियम पदार्थ आपुर्ती सहज हुने बताए ।

दुई दिने नेपाल भ्रमणमा आएका मन्त्री प्रधानले शनिवार विहान जानकी मन्दिरको पुजा गरेपछि संचारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । उनले मोतिहारी देखि नेपालको अमलेखगञ्जसम्म पाइप लाइन विच्छ्याउने काम अन्तिम चरणमा पुगेको र सम्पन्न भएपछि सहज हुने विस्वास व्यक्त गरे ।

भारतीय मन्त्री प्रधानसंगै नेपालका उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादव समेत जनकपुर आएका छन् । मन्त्री यादवले ३ वर्षमा हुने पाइप लाइनको काम एक वर्षमै सम्पन्न हुन लागेको र अहिलेसम्म ६० प्रतिशत सम्पन्न भईसकेको बताए ।

उनले धनुषाको महेन्द्रनगरबाट भारतको मुजफ्फरपुर सम्मको ग्यास पाइपलाईनको अध्ययन भईरहेको बताए । जनकपुर पछि भारतीय पेट्रोलियम मन्त्री प्रधान अमलेखगञ्ज पुगेका छन् । ३ सय २२ करोड भारतीय लगानीमा निर्माण भईरहेको उक्त पाइपलाईनको मन्त्रीले निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);