पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा हस्तक्षेप गरेको छैन : भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा हस्तक्षेप गरेको छैन : भट्ट

काठमाडौं, २२ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् ।

शनिबार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहीँ पनि हस्तक्षेप नगरेको बताएका हुन् । अन्य मुलुकको मूल्य कस्तो रहेको छ अध्ययनको जरुरी रहेको उनको भनार्य छ । भारतमा मूल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनको जोड थियो ।

मन्त्री भट्टले शुक्रबार अर्थमन्त्री विष्णु पौडेल रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासमा पुग्दा भएको विरोधलाई इंगित गर्दै निर्माण नचाहने र ध्वंस चाहने, विनास चाहने प्रवृति आफूहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्। उनले भने‘ हामीले मोतिपुर औद्योगिक क्षेत्रको शिल्यानाश गर्ने कामलाई अगाडी बढाउन, हामी भित्रै प्रवृतिले ढुंगामुढा गर्न लगायो । ध्वंस चाहने र निर्माण नचाहने, बिनाश चाहने, विकास नचाहने प्रवृत्ति पनि हामी भित्रै छ । त्यसलाई ठिक ढंगले पहिचान गर्ने र त्यो प्रवृत्तिका विरुद्ध हामी संघर्ष गर्ने कुरो नै हुन्छ ।’

मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठिक हो आत्मअनुशासन हो कि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत सुझाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);