नेपाल–भारतबीच ग्याँस पाईपलाईन विस्तार गर्ने समझदारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल–भारतबीच ग्याँस पाईपलाईन विस्तार गर्ने समझदारी

काठमाडौं, १२ असोज । नेपाल–भारतबीच ग्याँस पाईप लाईन विस्तार गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्याँस पाईप लाईन विस्तारका लागि सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाउने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्री धर्मेन्द्र प्रधानबीच दुवै देशबीच ग्याँस पाईप लाईन विस्तार गर्ने समझदारी भएको हो ।

भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्याँस लाईन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँस मन्त्री प्रधानले ग्याँस पाईपलाईन विस्तारको कामलाई अघि बढाउने विषयमा छलफल सुरु गरिएको जानकारी दिए । सार्वजनिक सवारी साधन संचालनका लागि सो ग्याँस उपयोग गरिनेछ ।

बैठकमा भारतीय पक्षले नेपालको ग्याँस बुलेट ढ्ुवानीका लागि अनुमति दिन ढिलाई नगर्ने प्रतिवद्धता पनि जनाएको छ । मन्त्रीस्तरीय बैठकले मोतिहारी–अमलेखगंज पेट्रोल पाईप लाईन विस्तारको काम सन्तोषजनक ढंगले अघि बढेको निष्कर्ष पनि निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);