आयल निगमको काम कार्वाहीबारे संसदीय समितिको गहिरो चाँसो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८३, शुक्रबार

आयल निगमको काम कार्वाहीबारे संसदीय समितिको गहिरो चाँसो

nepal-oil-nigam-

काठमाडौं, १७ बैशाख । संसदीय समितिले नेपाल आयल निगमको काम कार्वाहीबारे गहिरो चाँसो व्यक्त गरेको छ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको पाईपलाईन विस्तार लगायतका योजनाको कार्य प्रगतिबारे चाँसो लिँदै सो सम्बन्धमा यही १९ गते बिहीबार निगमका पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो ।

पाईपलाईन विस्तार, एलपी ग्याँस र भण्डारण केन्द्र स्थापनाका विषयमा छलफल गर्न बिहीबार निगमका पदाधिकारीहरुलाई बोलाउने निर्णय गरिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

समितिले बिहीबारनै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग औद्योगिक क्षेत्र स्थापनालगायतका विषयमा पनि छलफल गर्ने ऐजन्डा तय गरेको छ ।

ताजा समाचार