रक्सौल–अमलेखगन्ज पाइपलाइन विस्तारको काम ५० प्रतिशत सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रक्सौल–अमलेखगन्ज पाइपलाइन विस्तारको काम ५० प्रतिशत सम्पन्न

Pipe Line

श्याम गुप्ता
बारा, ६ भदौ
। मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम ५० प्रतिशत सकिएको छ । तोकिएको समयमा सम्पन्न गर्ने गरि काम भइरहेको आयोजनाको दाबी छ ।

नेपालमा पेट्रोलियम पदार्थ आयात गरिने प्रमुख नाकाको रुपमा रहेको भारतको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन विस्तारको काम ५० प्रतिशत सकिएको हो । नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर मध्ये १६ किलो मिटर र भारत तर्फको ३३ दशमलव ७ किलो मिटर मध्ये २४ किलो मिटर पाइप जमिन मुनी गाड्ने काम सकिएको छ । भारतीय कम्पनी निखिथाले १५ महिना भित्र काम सक्ने गरि निर्माणको जिम्मा पाएको छ । तोकिएकै समयमा सक्ने गरि काम भइरहेको आयोजनाको दाबी छ ।

पाईप लाईन विस्तार गर्ने रुटमा पर्ने खोला नालामा मेशिनबाट जमिन मुनि पाइप बिछ्याउँने कामको तयारी समेत आयोजनाले गरेको छ । त्यस्तै पाइपलाइन मार्फत आउने इन्धन भण्डारणका लागि नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगन्जमा चार वटा ट्याङ्कीको मर्मत गर्ने काम पनि भइरहेको छ ।

सिमरा देखि अमलेखगन्ज सम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्ने भएका कारण कममा केही ढिला भएको छ । निकुञ्जले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पास भएपछि पाइपलाइन विस्तारको काम हुने छ ।

नेपालमा हाल डिजेलको खपत बढि हुँने गरेकोले तत्काल डिजेल मात्र ल्याइने र र विस्तारै मटितेल र पेट्रोलको भण्डारण ट्याङ्की निर्माण भएपछि सोहि पाइपलाइनबाट आयत हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);