पेट्रोलियम पाइपलाइन निर्माणको काममा तिब्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पेट्रोलियम पाइपलाइन निर्माणको काममा तिब्रता

श्याम गुप्ता
बारा, १ फाल्गुन
। नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणको कामले तिब्रता लिएको छ । रक्सौलदेखि बाराको अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउँने कामले गति लिएको हो । भारतले पाइपहरु बनाइ सकेकाले केहिदिन भित्र मेशिनरी सामान आएपछि पाइप बिछ्याउँन सुरु गरिने छ ।

भारतीय पक्षले पाइपलाइन निर्माणमा तत्परता देखाएपछि कामले तिब्रता लिएको हो । वीरगञ्जको शंकराचार्य गेटबाट वीरगञ्जकै गण्डक नहरसम्म वाईपास सडकको दायाँ भागबाट र त्रिभूवन राजपथको गण्डक अमलेखगंज खण्डमा सडकको बायाँ भागबाट पाइप लाईन निर्माण गर्न लागिएको हो । झण्डै तीन सय करोड भारतीय रुपैँयाको लगानीमा पेट्रोलियम पाइपलाइन बिछ्याउँन लागिएको हो । त्यो मध्ये भारतले दुई सय करोड भारु र नेपालले ७५ करोड भारु लगानी गर्ने छ । भारतले पाइपहरु बनाइ सकेकाले केहिदिन भित्र मेशिनरी सामान आएपछि बिछ्याउँन सुरु गरिने छ ।

पाइपलाइन विछ्याउँनका लागि सर्भे, स्वाईल टेष्टिङ, रेखाङ्गन पिलरहरु स्थापना गरिएको छ । नेपाल भित्रिएको पाईप १० दशमलव ७५ ईन्च गोलाई र ० दशमलव २१९ ईन्च मोटाईको रहेको छ । भारतीय कम्पनी जिन्दलले माटो परिक्षण गरेर पाइपको गुणस्तर राम्रो रहेको विज्ञको भनाई छ ।

भारत विहार राज्यको बरौनी रिफाईनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुँने पाइपलाइन पहिले नै संचालनमा थियो । विहार कै सिवान भन्ने ठाउँमा पोईन्ट बनाएर त्यहाँबाट एउटा लाइन भारत उत्तर प्रदेशको बैतालपुर सम्म र अर्को लाईन सिवानबाट मोतिहारी हुँदै अमलेखगंज सम्म जोड्ने योजना छ । मोतिहारीदेखि रक्सौल बोर्डर सम्म ३३ दशमलव ७ किलोमिटर र रक्सौल बोर्डरदेखि अमलेखगंज सम्म ३६ दशमलव २ किलो मिटर दुरी छ । सडक क्षेत्रभित्र २ दशमलव ५ मिटर र खोला तथा गहिरो भागमा १५ मिटरको गहिराइमा पाइप बिछ्याइने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपाल भ्रमणमा आएका बेला पाइपलाइन बनाउने प्रतिबद्धता जनाउनु भएको थियो । त्यपछि पाइपलाइन बिस्तारले गति लिएको हो । पाइपलाइनबाट पेट्रोलियम आयात गर्दा आपूर्ति सहज हुँनाका साथै ढुवानी लागत र नोक्सानीमा कम हुने निगमको विश्वास छ । अहिले ७० प्रतिशत इन्धन रक्सौल नाकाबाट भित्रने गरेको छ । पाइपलाइन बिस्तार तोकिएको समयमा पुरा भए पटक देखिने इन्धन संकट समाधान हुने अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);