डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर, १ फागुन । भक्तपुरस्थित डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलामा दर्शनार्थीहरुको घुइँचो लागेको छ । शिवरात्री मेलाको अवसर पारेर मंगलबार विहानैदेखि डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो ।

दर्शनार्थीहरुलाई सहज दर्शनका लागि आवश्यक व्यवस्था गरिएको छ । मन्दिरमा विशेष पूजाआजा, हवन र रुद्धाभिषेक गरि पञ्चस्नान गराउने समेत ब्यवस्था पनि गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले जानकारी दिए ।

मेलाका अवसरमा अप्रिय घटना हुन नदिन सुरक्षाको पनि उचित प्रबन्ध गरिएको छ । त्यसैगरी निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था पनि गरिएको छ । महाशिवरात्रीमा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई बुधबार बिदाई गर्ने समितिले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);