भक्तपुरको डोलेश्वरमा महाशिवरात्री मेलाको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भक्तपुरको डोलेश्वरमा महाशिवरात्री मेलाको तयारी पूरा

भक्तुर, २९ माघ । भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलाको तयारी पूरा भएको छ । डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार पत्रकार सम्मेलन गरी डोलेश्वर मन्दिरमा महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

महाशिवरात्री पर्वमा देश, विदेशबाट आएका साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिने व्यवस्था समेत गरिएको समितिका सचिव मोहन बल्लले जानकारी दिए ।

उनका अनुसार क वर्गका साधुसन्तका लागि १ हजार १ सय ११, ख वर्गका लागि ७ सय ७७ र ग वर्गका लागि ५ सय ५५ रुपैयाँ दक्षिण तथा प्रतिसाधुलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिनेछ ।

महाशिवरात्री पर्व सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको छ । सचिव बल्लका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहने भक्तजनहरुका लागि ११ हजार १ सय ११ को रसिद काटी पूजामा सामेल गराईने छ ।

मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपानलगायत धुनी बाल्न दाउराको समेत ब्यवस्था गरिएको  जनाएको छ । मेलाको सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेनालगायतको सहयोग रहनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);