महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा

pashupati

काठमाडौं, २८ माघ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आईतबार पत्रकार सम्मेलन गरी कोषले महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

कोषले महाशिवरात्रीमा दर्शनसम्बन्धि व्यवस्था, ट्राफिक व्यवस्थापन, आवास, भोजन, स्वयम्सेवक, सरसफाई तथा स्वास्थ्य शिविरसम्बन्धि आवश्यक तयारी पुरा भएको जनाएको छ । शिवरात्रीका दिन दर्शनका लागि पिंगलास्थान, उमाकुन्ड र मित्रपार्कबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्री मेलामा नशालु पदार्थ सेवन गर्न नदिने गरी सुरक्षाको उचित प्रबन्ध गरिएको कोषले जनाएको छ । महाशिवरात्रीको अघिल्लो दिन भोलिदेखि नै पाशुपत क्षेत्र भित्र पर्ने रुटहरुमा मालबहाक तथा भारी सवारी साधनहरुलाई प्रवेशमा रोक लगाईको छ । साथै आजै देखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यस वर्ष विशेष पासको भने व्यवस्था गरिएको छैन । आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीको समन्वयनमा विशेष व्यवस्था हुने जनाइएको छ ।
मेलाका लागि भारतबाटसमेत साधुहरु आइसकेको छन् । उनीहरुको आवास र खानाको व्यवस्था गरिएको कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);