हिन्दुहरुको महान पर्व महाशिवरात्रीको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हिन्दुहरुको महान पर्व महाशिवरात्रीको तयारी पुरा

पशुपति क्षेत्र भित्र गाँजा, भाँङ, चरेश जस्ता वस्तु प्रयोग गर्न निषेध

काठमाडौं, १८ फागुन । हिन्दुहरुको महान पर्व महाशिवरात्रीको सम्पुर्ण तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले यस वर्षको शिवरात्रीमा स्वदेशी र विदेशी गरि करिव १५ लाख दर्शनार्थी पशुपतिनाथको दर्शन गर्न आउने जनाएको छ ।

पावन पाशुपत क्षेत्रमा परम्परागत रुपमा मनाइने विभिन्न चाडपर्वहरु मध्ये महाशिवरात्री विशेष महत्व बोकेको पर्व हो । नेपालमा मात्र नभएर विश्वका हिन्दु धर्मावलम्वीहरुले महाशिवरात्री पर्वलाई विशेष महत्व दिएर मनाउने गरेको पाइन्छ ।

फागुन २० गते परेको शिवरात्री पर्वका दिन कोषले पश्चिम ढोका र दक्षिण ढोकाबाट गरि तिन स्थानबाट मन्दिरको दर्शन गर्ने ब्यवस्था मिलाएको छ । महाशिवरात्रीभर दर्शनार्थी, भक्तजनहरुको भिडलाई व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा राष्ट्रिय अनुसन्धान विभागबाट गरी ३ सय ५० सुरक्षाकर्मी परिचालन गरिनेछ । त्यसैगरी साधुसन्तहरुका लागि निशुल्क भोजन, बसोबासको व्यवस्था मिलाइएको कोषले जनाएको छ।

यस वर्षको महाशिवरात्री पर्व सम्पन्न गर्न कोषले ५४ लाख वजेट छुटयाएको छ । कोषले पशुपति क्षेत्र भित्र गाँजा चरेश जस्ता वस्तु प्रयोग गर्न निषेध गरेको छ । भक्तजनहरुको सुरक्षालाई ध्यानमा राख्दै कोषले स्वास्थ्य शिविर, वातावरण सरसफाइ सुुरक्षाको समेत राम्रो व्यवस्था गरेको छ । लाइनलाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन तथा अनुगमन व्यवस्थापन उपसमिति समेत गठन गरेको छ ।

महाशिवरात्री पर्वका लागि देश विदेशबाट आएका साधु तथा सन्तहरु पशुपति मन्दिरको वरपर बस्न थालि सकेका छन् । शिवरात्रि पर्वको भोलिपल्ट बाटो खर्च सहित साधुसन्त, जोगिबाबाहरुको लागि विदाइको व्यवस्था समेत गरिएको कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);