संघीय निजामती ऐनको विरोध नगर्न मन्त्री पण्डितको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

संघीय निजामती ऐनको विरोध नगर्न मन्त्री पण्डितको चेतावनी

lalbabu pandit

काठमाडौं, १८ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐनको विरोध नगर्न चेतावनी दिएका छन् । संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको सेवा बहिष्कार गरिरहेका बेला मन्त्री पण्डितले त्यसो नगर्न सचेत गराएका हुन् ।

 शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय संसदमा सर्वसम्मतिले पारित गरिएको सो ऐनलाई विरोध गर्न कसैले पनि नमिल्ने बताए । ‘आफूले अध्यादेशमार्फत् सो ऐन निर्माणको काम अघि नबढाएको भए अहिले पनि मुलुकमा कर्मचारी समायोजनको काम सुरु हुने थिएन,’ मन्त्री पण्डितको भनाई थियो ।

हालसम्म ४८ हजार कर्मचारीलाई तीन वटै तहमा समायोजन गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले अव कर्मचारी समायोजनको कामलाई छिट्टै पूर्णता दिइने बताए ।

मन्त्री पण्डितले सरकारले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउन नचाहेको पनि स्पष्ट पारे । उनले संघीय सरकारले आफ्नो कानुन बनाएपछि प्रदेश र स्थानीय तहलाई पनि आवश्यक कानुन र वित्तिय हस्तान्तरण लगायतको सबै काम सम्पन्न गरिने बताए ।

मन्त्री पण्डितले पहिले स्थानीय तहको निर्वाचन भएकाले त्यसका लागि आवश्यक जनशक्ति लगायतको व्यवस्थापन गर्न ढिलाई हुन गएको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);