सरकारले जनताको बोल्ने अधिकारलाई कुण्ठित गर्न लागेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारले जनताको बोल्ने अधिकारलाई कुण्ठित गर्न लागेको देउवाको आरोप

जनकपुरधाम, १८ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संसदमा विधेयक ल्याएर जनताको बोल्ने अधिकारलाई कुण्ठित गर्नलागेको आरोप लगाएका छन् ।

प्रदेश नं. २ को राजधानी जनकपुरधाममा शनिबार देखि शुरु भएको जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै देउवाले सरकारले संघीयताको कार्यान्वयनमा समेत चाँसो नदेखाएको अरोप लगाए । संघीयता नेपालको आवश्यकता र वास्तविकता दुबै भएको भन्दै देउवाले यसलाई असफल पार्ने प्रयास कसैबाट भएपनि सम्भव नहुने बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति बिमलेन्द्र निधिले प्रदेश नं. २ को कामकाजि भाषा मैथिली र प्रदेशको नाम मिथिला क्षेत्र बनाउन प्रस्ताव गरे । उनले मिथिला सर्वस्वीकार्य हुन नसके वीरगंजसहितका क्षेत्रमा बोलिने भोजपुरी भाषालाई समेत समेटिनेगरि मिथिला भोजपुरा राख्न सकिने बताए ।

नेकपा नेता रामचन्द्र झाले पनि प्रदेश दुईमा मैथिलीलाई ब्राम्हण र कायस्थको मात्र भाषा भन्दै फैलाएको भ्रमका कारण अन्य भाषा भित्र्याउन खोजेको भन्दै अव त्यसमा सुधार गरेर मैथिली भाषाको संरक्षण गर्नुपर्ने बताए ।

मैथिली भाषाविद रामअवतार यादवले प्रदेश नम्बर–२मा सबैभन्दा धेरै बोलीने भाषा मैथिली भएर पनि अपहेलित भइरहेको गुनासो गरे । ६ दिन सम्म चल्ने महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानका कलाकारहरुले आफ्नो संस्कृति झल्कने नाटकहरुको प्रस्तुत गरिने छ । महोत्सवमा विभिन्न राजनीतिक एवं मैथिलीभाषा सम्बन्धी छलफल गरिने कार्यक्रम पनि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);