निर्वाचन आयोगकै परामर्शमा मन्त्रिपरिषद विस्तार गरेको देउवाको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगकै परामर्शमा आफूले मन्त्रीपरिषद विस्तार गरेको दावी गर्नु भएको छ । प्रधानमन्त्री देउवाले सरकारको काम कार्वाहीमा अप्ठयारो परेपछि मन्त्रिपरिषद विस्तार स्पष्टिकरण दिएका हुन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुनेगरी मन्त्रिपरिषद विस्तार गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । तर प्रधानमन्त्री देउवाले भने आयोगकै परामर्शमा मन्त्रिपरिषद विस्तार गरिएको दावी गरेका छन् । मंगलबार विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले मन्त्रिपरिषद विस्तार पुरानै कुराको निरन्तरता भएकाले यसबाट निर्वाचन आचारसंहिता उलंघन नहुने देउवाको तर्क छ ।

प्रधानमन्त्री देउवाले सरकारले निर्वाचन आचारसंहिता पनि उलंघन नगरेको र निर्वाचन आयोगलाई अप्ठयारोमा पार्न पनि नखोजेको बताएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउनेमा आफु ढुक्क रहेको बताए।

मधेश भनेको र काँग्रेस भएकाले एउटै भएकाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको बहुमत आउने उनको बुझाई छ । त्यस अवसरमा प्रधानमन्त्री देउवाले मधेशका जनताको भावना अनुसार संविधान संशोधन प्रस्ताव अघि बढाएपनि एमालेले पारित हुन नदिएको आरोप लगाए । प्रधानमन्त्री देउवा प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको प्रचार प्रसार कार्यक्रममा सहभागी हुन मंगलबार विराटनगर पुगेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);