प्रधानमन्त्री देउवाले आचारसंहिता विपरित मन्त्रिमण्डल विस्तार गरेकोमा निर्वाचन आयोगको मौन समर्थन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २८ असोज ।  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित मन्त्रिमण्डल विस्तार गरेकोमा निर्वाचन आयोगले मौन समर्थन गरेको छ ।

नवनियुक्त मन्त्रिहरुको सपथग्रहणको विषयमा राष्ट्रपति भण्डारीले बोलाउनुभएको परामर्श बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरुले यसअघिको निर्वाचनमा पनि सरकारबाट यस्तो काम भएको भन्दै सरकारको कामकारवाहीले निर्वाचनमा प्रतिकुल असर नपर्ने बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउन आचारसंहिता बनाइएको भन्दै मन्त्रिमण्डल विस्तारका कारण निर्वाचनमा असर नपर्ने स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त यादवले विस्तारित मन्त्रिमण्डलका सदस्यको सपथग्रहणको सम्पूर्ण अधिकार राष्ट्रपतिको भएको भन्दै उपयुक्त निर्णय लिन सुझाव दिएका थिए।

प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि आचारसंहिता उल्लंघन हुनसक्ने भन्दै राष्ट्रपति भण्डारीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);