सरकारले आचार संहिताको उलंघन गरेको अध्यक्ष ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

काठमाडौं, २८ असोज ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्नका लागि सरकारले आचार संहिताको उलंघन गर्दै मन्त्रीपरिषद् विस्तार गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभागृहमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिन भएपनि लाभ लिउँ भन्ने मानसिकताबाट उद्धत हुदै सरकारले मन्त्रीपरिषद् विस्तार गरेको बताएका हुन् । देशको एकता र सम्वृद्धिका लागि लड्नेहरुको अगुवाई नेकपा एमालेले गरेको दाबी गर्दै अध्यक्ष ओलीले कानुनको पालना गर्ने सवालमा गम्भीर हुनुको सट्टा विना कामका विना विभागिय मन्त्री थप्दै नेपाली कांग्रेस क्षणिक लाभ लिन अग्रसर भएको टिप्पणी गरे ।

कार्यक्रममा अध्यक्ष ओलीले चुरे भावर राष्ट्रिय एकता पार्टीका बद्री न्यौपाने लगायत कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए । शनिबार देखि औपचारिक रुपमा न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी एमालेमा विलय भएको छ ।

 

ताजा समाचार