राजपालाई ओलीको चेतावनी : एमालेलाई प्रतिवादमा उत्रन बाध्य नपारियोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजपालाई ओलीको चेतावनी : एमालेलाई प्रतिवादमा उत्रन बाध्य नपारियोस्

बैंककमा स्वास्थ्य परीक्षण गरी ओली स्वदेश फिर्ता –

 

सरकारले आम जनताको विश्वास गुमाउँदै गएको ओलीको आरोप –

 

काठमाडौं, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ दलहरुले आम जनताको विश्वास गुमाउँदै गएको बताएका छन् ।

 

अध्यक्ष ओलीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो बताएका हुन् ।बैंककमा नियमित स्वास्थ्य उपचार गराएर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त कुराकानी गर्दै ओलीले भने सरकारले २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेर झनै आफ्नो विश्वास गुमाउने काम गरेको बताए ।

 

उनले प्रमुख दलहरुसँग परामर्श समेत नगरी सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार नरहेको तर्क पेश गरे । अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरु एकपछि अर्को अविश्वसनीय क्रियाकलाप गर्न लागि परेको आरोप लगाए ।

 

अध्यक्ष ओलीले लामो समयको ग्याप राखेर दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले निर्वाचनको निष्पक्षता माथि नै शंका उब्जाएको टिप्पणी गरे । उनले विश्वासको वातावरण निर्माण गरी निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो ।

 

एमालेलाई प्रतिवादमा उत्रन बाध्य नपार

अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टी, नेपाललाई प्रतिवादमा उत्रन बाध्य नपार्न चेतावनी दिए । । मंगलबार जनकपुरमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले सम्बोधन गर्ने पार्टीको कार्यक्रम बिथोल्न राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले गरेको हर्कतप्रति ओलीले आपत्ति प्रकट गरे । एमालेलाई प्रतिवादमा जान बाध्य नपार्न राजपालाई उनले चेतावनी दिए ।

 

अध्यक्ष ओलीले अराजनीतिक गतिविधि बन्द गरेर सभ्य समाजलाई ग्राह्य हुने राजनीतिक व्यवहार प्रर्दशन गर्न पनि राष्ट्रिय जनता पार्टीलाई आग्रह गरे । राष्ट्रिय जनता पार्टीका अराजनीतिक गतिविधिलाई नियन्त्रणमा लिन सरकारलाई ओलीले सचेत गराए । अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टीलाई राजनीतिक आचरण र व्यवहार अनुसार चल्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);