प्रदेश प्रमुख र अस्थायी राजधानीमा एमाले अध्यक्ष ओलीको असहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश प्रमुख र अस्थायी राजधानीमा एमाले अध्यक्ष ओलीको असहमति

kp oli

काठमाडौं,४ माघ । सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा एमाले अध्यक्ष ओलीको असहमति जनाएका छन् ।  नयाँ सरकार गठन भएपछि प्रदेशप्रमुख फेर्ने उनले संकेत गरे ।

थाइल्याण्डको बैंककमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिएको तर, व्यक्ति र स्थानमा भने सहमति नरहेको बताए ।

प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने प्रतिक्रिया दिए । सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै उनले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको स्पष्ट पारे । आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार गरिएको भन्दै उंनले अहिले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);