सर्वदलीय बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्वदलीय बैठक आज

serbahadur

काठमाडौँ, २० पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका छन् । बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय सभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार छ ।

निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो । एमाले र माओवादी केन्द्रका नेताहरूले जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने भन्दै सरकारले ‘जबर्जस्त’ गरे आफ्ना सांसदहरूले शपथ नलिने चेतावनी दिँदै आएका थिए । कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो ।
कानुनअनुसार निर्वाचन परिणाम क्रमश प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ । निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन् ।

‘सर्वदलीय बैठकमा सहमति जुटे त्यहीअनुसार, नजुटे स्वतन्त्र र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले थाल्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो । बिहीबार बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी हुने जनाइएको छ ।आजको कान्तिपुरमा यस्तो खवर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);