सरकार निष्पक्ष ढंगले निर्वाचन गराउन प्रतिबद्ध नभएको ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठमाण्डौँ, २० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सरकारी निकाय आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन प्रतिवद्ध नदेखिएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने वातावरण बनाउन यूरोपेली युनियनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार विहान युरोपेली युनियन निर्वाचन पर्यवेक्षण टोलीसँगको सामुहिक भेटमा उनले आसन्न निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि स्पष्ट पारेका हुन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार र सरकारी निकाय गम्भिर नदेखिएको कुरा अध्यक्ष ओलीले बताएको भेटमा सहभागी एमाले नेता विष्णु रिमालले जानकारी दिए ।

भेटमा युरोपियन युनियनका निर्वाचन पर्यवेक्षण टोलीले निर्वाचन पर्यवेक्षणका लागि आवश्यक वातावरण बनाई दिन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । जवाफमा ओलीले निर्वाचन पर्यवेक्षणका लागि पार्टीको तर्फबाट आवश्यक वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);