दोस्रो चरणमा हुने निर्वाचनको तयारी पुरा : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफै छान्न पाउने वातावरण बनाउन आफूहरु लागि परेको उनले बताए ।

आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर रुपमा अघि बढाईरहेको उनले बताए ।

आयोगका प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्दो प्रयास भईरहेको बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यक्ता पर्नेमा जोड दिए । प्रवक्ता ढकालले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु आयोगका लागि मुख्य चुनौति भएको स्मरण गरे ।

मंसीर २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन मंसिर १० गते आईतबार सम्पन्न भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);