निर्भयताका साथ मतदान गर्न निर्वाचन आयोगको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १५ मंसिर । निर्वाचन आयोगले आम मतदातालाई निर्भयताका साथ मतदान गर्ने वातावरण निर्माण गर्न मतदान अधिकृतहरुलाई पुनः निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान केन्द्र भित्र आम मतदातालाई सहज, सरल र निर्भयताका साथ मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतहरुलाई पुनः सचेत गराएका हुन् । उनले मतदानस्थल भित्र प्रवेश गरेका मतदातालाई निर्भयताका साथ मत हाल्ने वातावरण बनाउने आधारभूत दायित्व मतदान अधिकृतहरुको भएको पनि स्मरण गराए । शुक्रबार ललितपुरमा मतदात अधिकृतहरुलाई प्रशिक्षण दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन कानुन, नियमावली र निर्देशिका अनुसार अनुशासित भएर मतदान सम्पन्न गर्ने आफ्नो दायित्व पूरा गर्न पनि मतदान अधिकृतहरुलाई निर्देशन दिए । आगामी मंसीर २१ गते दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुँदैछ ।

निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले अब निर्वाचनलाई निर्भयताका साथ सम्पन्न गर्ने मुख्य जिम्मेवारी सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको भएको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);