निर्वाचन तयारी पूरा, मौन अवधिमा प्रचार गरिए कडा कारवाही : आयोग | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

काठमाण्डौँ, १९ मंसिर । निर्वाचन आयोगले विहिबार हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दोसो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री र जनशक्तिको व्यवस्थापनको काम भईसकेको जानकारी दिए । विहिबार ४५ वटा जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले सबै मतदान केन्द्रमा निर्वाचनको व्यवस्थापकीय काम पूरा भईसकेको पनि स्पष्ट पारे ।

उनले सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरणको काम पनि सुरु गरिएको बताए । निर्वाचन आयोगले मौन अवधि भित्र मतदातालाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि गरे कडा कार्वाही हुने चेतावनी समेत दिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मौन अवधिको पूर्ण पालना गर्न, गराउन संचारकर्मीहरुसँग पनि आग्रह गरे । मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिता विपरित काम गर्ने उम्मेदवारहरुलाई सचेत पार्ने काम भईरहेको पनि स्मरण गराए ।

प्रमुख निर्वाचन आयुक्त यादवले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने पनि स्पष्ट पारे । उनले एक हप्ता भित्र दुवै चरणको निर्वाचनको मतगणनाको काम सम्पन्न हुनेगरी काम गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विशेष निर्देशन दिइएको पनि उल्लेख गरे । निर्वाचन आयोगले मतगणनाका लागि आवश्यक सबै जनशक्तिको व्यवस्थापनको काम भईसकेको पनि जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्न सरकारलाई पनि पटक–पटक सचेत गराउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);