प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा आयोग

ayodi prasad yadav

काठमाडौं, ६ भदौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको जनाएका छन् ।

आयुक्त डा. अयोधिप्रसाद यादवले मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैन कि भनेर शंका नगर्न पनि सबैमा आग्रह गरे । सरकारले आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनका लागि आवश्यक कानुन र क्षेत्र निर्धारणको काम तत्काल गर्न सरकारसँग आग्रह गरे ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन कानुन तत्काल उपलब्ध नभए निर्वाचनको तयारीको कामलाई अघि बढाउन कठिनाई हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

निर्वाचन आयोगले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउने संवैधानिक दायित्व पूरा गर्न सचेत रहेको उनले बताए । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई सम्पन्न गराउन संचारकर्मीहरुको सहयोगको आवश्यक्तामा जोड दिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);