निर्वाचन तोकिएकै मितिमा हुनेमा कुनै शंका छैन : यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

निर्वाचन तोकिएकै मितिमा हुनेमा कुनै शंका छैन : यादव

काठमाडौं, ११ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु अव सान्दर्भिक नहुने स्पष्ट पारे । निर्वाचनको सुरक्षासम्बन्धि गोष्ठीलाई शनिवार काठमाडौंमा समापन गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारीको कामलाई निर्वाचन आयोगले द्रुत गतिमा अघि बढाईरहेको उनले बताए । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि आवश्यक सुरक्षाको व्यवस्था भईसकेको उल्लेख गरे ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका थिए । सरकारले आगामी मंसीर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना पनि परिचालन गर्ने निर्णय गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);