धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

deuba

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामाप्रति दु:ख व्यक्त गरेका छन् । यस घटनाले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बताएको प्रधानमन्त्रीले जारी गरेको शोक सन्देशमा जनाइएको छ ।

प्रधानमन्त्री देउवाले शोक सन्देश जारी गर्दै उक्त घटनामा ज्यान गुमाएका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीले हराइरहेका यात्रुको खोजी गर्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप निर्देशन दिएका छन् ।
राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस धादिङको गजुरी गाउँपालिकाको घाटबेँसीको मोडबाट आज बिहान त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा अहिलेसम्म एकै घरका ६ जना सहित ३० जनाको मृत्यु भइसकेको छ । यस दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको सनाखत भएको छ भने अन्यको पहिचान खुल्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);