ताप्लेजुङ दुर्घटनाप्रति कांग्रेसद्वारा गहिरो दु:ख व्यक्त | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

ताप्लेजुङ दुर्घटनाप्रति कांग्रेसद्वारा गहिरो दु:ख व्यक्त

congress

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बुधबार शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको उल्लेख गरेका छन्।

सभापति देउवाले मन्त्री अधिकारीको असामयिक निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

बिज्ञप्तिमा देउवाले दुर्घटनामा ज्यान गुमाएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा शोक सहने शक्तिका लागि भगवानसँग प्रार्थना गर्दै दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह समेत गरेका छन्।

ताजा समाचार