‘बिमासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

‘बिमासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित गर्ने तयारी

काठमाडौं, १५ फागुन । संघीय संसद्को अर्थ समितिले ‘बिमासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ एक हप्ता भित्र समितिबाट पारित गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालयले ताकेता गरेपछि समितिको बुधबार बसेको बैठकले सो विधेयकलाई एक हप्ता भित्र पारित हुने गरी छलफल अघि बढाउने निर्णय गरेको हो । सरकारले विमासम्बन्धि कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन सो विधेयक संघीय संसदमा पेश गरेको थियो ।

बैठकमा समितिका सदस्यहरुले मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउने गरी अघि बढ्न अर्थ मन्त्रालयलाई सचेत गराएका थिए । समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रको सूचक सकारात्मक नभएको उल्लेख गर्दै त्यसको सुधारमा लागि पर्न सरकारलाई सचेत गराए ।

त्यसै गरी समितिकी सदस्य रामकुमारी झाँक्रीले पूँजी बजारलाई सहज ढंगले अघि बढाउने गरी आवश्यक बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्न सरकारसँग माग गरिन् । समितिका सदस्यहरुले एनसेलको आभांश कर असुली गर्न पनि सरकारलाई दवाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);