यातायात विभागकाे चरम लापरवाही : ५ लाख सेवाग्राहीलाई लाइसेन्स कहिले ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

यातायात विभागकाे चरम लापरवाही : ५ लाख सेवाग्राहीलाई लाइसेन्स कहिले ? (भिडियाेसहित)

smart licence

काठमाडाैं, १५ फागुन । एशियाली विकास बैंकले २०७० सालमा ल्याएको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी परियोजना अन्र्तगत १५ करोडको सहयोगमा नेपाल सरकारले स्मार्ट लाइसेन्सको सुरुवात गरेको हो ।

त्यसपछि २०७२ साल मंसिर २० गतेबाट स्मार्ट कार्डको दरखास्त आवह्वान गरेर पुस ३ गतेदेखि बाग्मती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण गर्न थालियो । बाग्मती अञ्चलका लागि मात्र स्मार्ट लाइसेन्स वितरण गर्न तयारी गरेको यातायात व्यवस्था विभागले अन्य अञ्चलमा पनि वितरण गर्ने निर्णय गरेसँगै लाइसेन्स वितरणमा ठूलो समस्या देखिएको छ ।

दैनिक १० हजार लाइसेन्स छापिनुपर्ने भएपनि अहिले दैनिक ३ हजार मात्र लाइसेन्स छाप्न सक्ने जनशक्ति र उपकरण विभागसंग छ ।

यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार २०७२ साल मसिंरदेखि विभागले ८ लाख ५० हजार स्मार्ट कार्ड छापेको छ । जसमा ७ लाख ५० हजार वितरण गरेको छ भने छापिएका कार्ड मध्ये १ लाख वितरण गरिएको छैन ।

अझै चालक अनुमती पत्र लिनका लागि परिक्षा पास गरेको करिब ४ लाख सेवाग्राहीको स्मार्ट लाइसेन्स छपाई नै भएको छैन । जसलाई हेर्ने हो भने अझै ५ लाख सेवाग्राहीहरुले परिक्षा पास गरेर पनि स्मार्ट कार्ड पाएका छैनन् । बैशाखदेखि यता परिक्षा पास गरेका व्यक्तिहरुको कार्ड छापिएको छैन ।

थप जानकारीका लागि भिडियाे हेर्नुहोस्>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);