२ लाख सेवाग्राहीले अझै पाएनन् 'स्मार्ट कार्ड' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

२ लाख सेवाग्राहीले अझै पाएनन् ‘स्मार्ट कार्ड’

smart lience

अप्सरा लामिछाने
काठमाडौं, २० साउन । यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह अत्यन्त सुस्त भएको छ । नयाँ सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) लिन र नविकरण गर्न पनि एक वर्ष भन्दा बढी समय कुर्नुपर्ने अवस्था आएको छ । फारम भरेको एक वर्ष वितिसक्दा पनि स्मार्ट कार्ड नपाएपछि सेवाग्राही आक्रोशीत बनेका छन् ।

सवारी चालक अनुमति पत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले विक्रम संवत २०७२ मंसिर २० गते देखि स्मार्ट लाइसेन्स लागि दरखास्त लिन सुरु गर्‍यो । सुरुवाती समयमा फारम भरेको २–३ महिनामै स्मार्ट लाइसेन्स वितरण भए पनि त्यसपछि व्यवस्थापन हुन नसक्दा स्मार्ट लाइसेन्स लिन एक वर्ष भन्दा बढी समय कुर्नुपर्ने अवस्था आएको छ । स्मार्ट लाइसेन्सका लागि १२ देखि १४ महिनासम्म कुर्नपरेको सेवाग्राहीको गुनासो छ ।

यातायात व्यवस्था कार्यालय बागमती अन्र्तगत हालसम्म ४ लाख ९२ हजार ४ सय ९२ स्मार्ट लाईसेन्सको आवेदन परेकोमा २ लाख ९९ हजार ५ सय २० थान लाईसेन्समात्र वितरण भएको छ । करिब २ लाख लाइसेन्स प्रिन्ट हुन बाँकि छ । स्मार्ट लाइसेन्स वितरणमा ढिलाई हुनुमा प्रिन्टिङ मेसिनको अभाव भएको कार्यालयको भनाइ छ । अब भने ४ वटा मेसिन थपिएर द्रुत गतीमा काम भईरहेकाले यस्तो समस्या नआउने कार्यालयको दाबी छ ।

पाँच वर्षभित्रमा हस्तलिखित चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ (लाईसेन्स) मा परिवर्तन गर्ने विभागको योजना छ । तर, यस्तै ढिलासुस्तीले कार्यालयको लक्ष्य पुुरा हुनेमा आशंका देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);