३ लाखभन्दा बढी सेवाग्राहीले अझै पाएनन् स्मार्ट लाइसेन्स | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

३ लाखभन्दा बढी सेवाग्राहीले अझै पाएनन् स्मार्ट लाइसेन्स

license

फूलमाया आले
काठमाडौं, २९ पुस । सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र ट्रायल दुवै परीक्षा पास गरेका तथा नवीकरणका लागि फारम भरेका ३ लाख भन्दा बढी सेवाग्राहीले स्मार्ट चालक अनुमतिपत्र पाउन सकेका छैनन । एक वर्षभन्दा पहिले ट्रायल पास गरेका तथा नवीकरणका लागि फारम भरेका सेवाग्राहीले समेत स्मार्ट लाइसेन्स पाउन नसकेको गुनासो सेवाग्राहीको छ ।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्मार्ट कार्डका लागि लिइएको परीक्षा पास भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या ३ लाख भन्दा बढी छ । उक्त संख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । कार्यालयबाट लिइएको लिखित, र ट्रायल पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको १ वर्ष भन्दा बढी समय बितिसक्दा सम्म चालक अनुमतिपत्र पाएका छैनन । एकान्तकुना कार्यालयबाट अहिलेसम्म चार लाख स्मार्ट चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाइएको छ ।

सेवाग्राहीले राजश्व तिरेको कागज देखाएरै सवारीसाधन चलाइरहेका छन् । राजस्व तिरेको कागज बलियो नहुने पानीमा भिज्ने तथा अक्षर मेटिएर जाने भएकाले उपयुक्त नभएको सेवाग्राहीको गुनासो छ । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले समेत सास्ती दिने गरेकोले आफूहरु दोहोरो मारमा परेको सेवाग्राहीको भनाई छ ।

स्मार्ट लाइसेन्स लिनका लागि पटक–पटक याताताय कार्यालयमा धाउनुपर्ने र लामो समयसम्म लाइनमा बस्दा पनि काम नबनेर रित्तो हात फर्किनु परेको सेवाग्राहीको गुनासो छ । कतिपय सेवाग्राहीले स्मार्ट लाइसेन्स पाए पनि लाइसेन्सको गुणस्तर कमसल रहेको र कार्डमा सवारी चालकको फोटो स्पष्ट नबुझिने बताएका छन ।

सेवाग्राहीले स्मार्ट लाइसेन्स लिन झण्झट ब्यहोर्नु पर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको प्रति पनि दुखेसो पोखेका छन ।

सरकारले लाईसेन्सको अभिलेख राख्ने देखि वितरणमा हुने अनियमितताको अन्त्य हुने अपेक्षा सहित २०७२ मंसिरदेखि बागमती अञ्चलबाट स्मार्ट कार्ड वितराण सुरु गरेको थियो । तर, पुर्वतयारी विना नै ल्याइएको उक्त ब्यवस्थाले एक वर्ष भन्दा बढी समयसम्म सेवाग्राहीले लाइसेन्स पाउन नसक्दा सेवाग्राही झनै पिडित भएकाछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);