दैनिक २० हजार स्मार्ट लाइसेन्स छापिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दैनिक २० हजार स्मार्ट लाइसेन्स छापिदै

licence

काठमाडौं, ७ कात्तिक । १ वर्षदेखि स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका लाखौ सेवाग्राहीले अव छिट्टै स्मार्ट सवारी चालक अनुमति पत्र पाउने भएका छन् । सरकारले सवारी चालक अनुमति पत्र छाप्न जिम्मेवारी दिएको मालिका इन्कर्पोरेटले मंगलबारदेखि काम शुरू गरेपछि वषैंदेखि पखाईमा रहेका सेवाग्राहीले छिट्टै लाइसेन्स पाउने भएका हुन् ।

स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी पाएको मालिका इन्कर्पोरेटले मंगलबारदेखि काम शुरू गरेको छ । कम्पनीले काम शुरु गरेसंगै स्मार्ट लाइसेन्ट लिन पर्खेका करीब ६ लाख सेवाग्राहीले अव छिट्टै सवारी चालक अनुमति प्रत्र पाउने भएका छन् ।

नयाँ प्रविधिबाट छापिएको लाइसेन्स एटिएम कार्ड जस्तै हुने यातायात व्यवस्था विभागले जनाएको छ । मालिकाले छाप्ने लाइसेन्स शुरुको ३० हजारसम्म प्रतिकार्ड १३ रूपैयाँ र बाँकिमा प्रतिकार्ड १५ रुपैयाँमा छाप्ने सहमति गरेको छ भने कार्ड बिभागलेनै उपलब्ध गराएको छ । साथै, यातायात व्यवस्था विभागले सेवाग्राहीलाई प्लास्टिकको कभर हालेर लाइसेन्स दिने गरेको छ ।

मालिका इन्कर्पोरेटले यातायात व्यवस्था विभागको पछाडिपट्टी रहेको भवनबाट लाइसेन्स छाप्ने व्यवस्था मिलाएको छ । सबै तयारी पुरा भईसकेको र विभागबाट व्यक्तिगत विवरण पाएपछि छपाई शुरू गरिएको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले बताउँनुभयो ।

कम्पनीसँग २० वटा प्रिन्टर रहेको र यसबाट कम्तिमा दैनिक २० हजारसम्म लाइसेन्स छापिने ढकालको दावी छ । विभागले लाइसेन्स छाप्दा डढाएर अक्षर उठाउने प्रविधि प्रयोग गरेको थियो भने मालिकाले थर्मल प्रिन्ट प्रविधिमार्फत छाप्ने छ । छापाईको जिम्मेवारी पाएको कम्पनीले ४५ दिनमा पाँचदेखि ६ लाख स्मार्ट कार्ड लाइसेन्स छाप्ने सम्झौता गरेको छ ।

दुई महिना देखि प्रतिक्षा गरिरहेकाहरुलाई क्रमैसंग कार्ड वितरण गरिने विभागको भनाई छ । प्रतीक्षा सूचीमा बसेकाको समस्या समाधान भएपछि विभागले अत्याधुनिक यन्त्रमार्फत दैनिक आठ हजार कार्ड छाप्ने तयारी गरिरहेको समेत जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);