देशैभर स्मार्ट लाइसेन्सको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देशैभर स्मार्ट लाइसेन्सको अभाव

smart lience

काठमाडौं, १६ कात्तिक । अहिले देशैभर सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट लाईसेन्सको अभाव देखिएको छ । । यातायात विभागको गम्भिर लापारबाहीका कारण देशैभरका हजारौं सेवाग्राहीले राजस्व बुझाएर पनि समयमा लाइसेन्स पाउन सकेका छैनन ।

देशैभर स्मार्ट लाइसेन्सको अभाव भएको खवर सार्वजनिक भएपछि शुक्रवार हाम्रा संवाददाताहरु देशका विभिन्न यातायात कार्यालय र ट्राफ्रिक प्रहरीमा पुगे । अधिकाशं कार्यालयमा सेवाग्राहीको भिडभाड देखिएपनि स्मार्ट लाइसेन्स भने कसैले पाएको देखिएन ।

प्रदेश–५ को राजधानी बुटवल स्थित ट्राफ्रिक प्रहरी कार्यालयमा ट्राफ्रिक उल्लंघन गरेका हजारौ लाइसेन्स कारबाहीका लागि आउने गरेका छन् । तर, केही समय यता ट्राफ्रिक प्रहरीले लाइसेन्स नभएपछि राजश्व बुझाएको रसिदका भरमा चिट काटी रहेको छ ।

प्रदेश–५ मा मात्र हैन, प्रदेश–१ को राजधानी विराटगरमा पनि त्यस्तै, हालत छ । सवारी लाइसेन्सका लागि विराटगर स्थित यातायात कार्यालयमा दिनहुँ धाउँदा पनि स्मार्ट लाइसेन्स नआएपछि सेवाग्राही हैरानीमा छन् । उनीहरु महिनौसम्म लाइसेन्स नआएपछि त्यही राजश्व वुझाएको स्लिपका भरमा रोडमा गाढी चलाईरहेका छन् ।

यता, प्रदेश–७ को कैलालीमा समेत सेवाग्राहीले लाईसेन्स कुरेको महिनौ भईसक्यो । आजभोली आउने भनेर यातायात कार्यालयले आस्वसन दिएपनि सेवाग्राहीले पाएका छैनन ।

प्रदेश एक, पाँच र सात मात्र हैन, प्रदेश–४ को राजधानी पोखरामा समेत स्मार्ट लाइसेन्स छैन । यहाँ स्मार्ट लाइसेन्स नहुँदा दुर्घटना बढाएको सवारी चालकहरु बताउँछन् ।

हुनत स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी यातायात विभागले गर्दछ । विभागले समयमा कार्ड छापिएर देशैभरका यातायात कार्यालमा पुग्ने हो र सेवाग्राहीले पाउने हुन् । तर, विभागबाट समयमा नआएपछि सवै प्रदेशका यातायात कार्यालयहरु मुखजवाफ छन् ।

सरकारले अहिले स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवार एक निजी कम्पनीलाई दिएको छ । कम्पनीले ४५ दिनमा ५ लाख कार्ड छाप्ने दावी गरेको छ । तर, स्मार्ट लाइसेन्सको आवेदन १० लाख पुगिसकेको अवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);