सय दिन सम्म पनि निर्मलाको हत्यारा पत्ता लाग्न नसक्नु लज्जास्पद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सय दिन सम्म पनि निर्मलाको हत्यारा पत्ता लाग्न नसक्नु लज्जास्पद

nirmala

अप्सरा गौतम

काठमाडौ, १६ कात्तिक । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार एक सय दिन पुरा भएको छ । यसबीचमा थुप्रै समिति पनि गठन भएका छन् । तर, अझै सम्म पनि वास्तविक हत्यारा प्रक्राउ परेका छैनन् ।

गत साउन १० गते कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको शुक्रवार सय दिन पुरा भएको हो । यो घट्ना भएको १०० दिन भईसक्दा पनि अहिलेसम्म हत्यारा प्रक्राउ नपर्नुले थुपै आशंकाहरु उव्जाएको छ ।

निर्मलाको हत्या भएपछि सरकारले हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । तर, उक्त छानविन समितिले समेत बुुझाएको प्रतिवेदनमा पनि दोषी पत्ता लगाउन सकेको छैन ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरिसकेको थियो । तर, विष्टको डिएनए परीक्षण नमिलेपछि घटना थप रहस्यमयी बन्दै आएको छ ।

प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक अपराधी जोगाउन खोजेको आरोप लागिरहेका वेला प्रहरी प्रधान कार्यालयले पनि यो सत्यतालाई स्वीकार गर्दै अहिले उच्च तहमा छानविन भईरहेको बताएको छ ।

निर्मला हत्याको सय दिन सम्म पनि दोषी पत्ता लाग्न नसक्नु लज्जास्पद विषय हो । नेपाल प्रहरीले जटिल घटनालाई समेत अनुसन्धान गरी पत्ता लागेको उदाहरणहरुलाई यस घटनाले थप प्रश्च चिन्ह खडा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);