निर्मला हत्याकाण्ड : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा हवन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मला हत्याकाण्ड : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा हवन

कञ्चनपुर, २६ मंसिर । कञ्चनपुरको १३ वर्षीय वालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै परिवार र आन्दोलनरत पक्षले जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुलगेटमा हवन गरेका छन् ।

स्वर्गीय बालिका पन्तको १४ औं जन्मजयन्तीका अवसरमा बुधबार सडकमै होम गरिएको हो । नागरिक संघर्ष समितीका संयोजक मीना भण्डारीले निर्मलाको हत्या भएको १ सय ४० दिन बितिसक्दा पनि हत्यारा सार्वजनिक नगरेको भन्दै धार्मिक परम्परा अनुसार ब्राह्रमण बोलाएर सडकमा होम गरिएको जानकारी दिए ।

निर्मलाका अपराधीलाई प्रक्राउ गर्न माग गर्दै लामो समय देखि परिवार, आफन्त र नागरिक सघर्ष समितीले चरणबद्ध आन्दोलन गर्दै आएको छ । तर पनि आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);