तत्काल हत्यारा पक्राउ गर्न माग गर्दै रिले अनशन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तत्काल हत्यारा पक्राउ गर्न माग गर्दै रिले अनशन सुरु

निर्मला हत्याकाण्ड : बलात्कारपछि हत्या भएको एक महिना वित्दा समेत दोषी पत्ता लागेन

पुष्कर भट्ट, कञ्चनपुर

कञ्चनपुर, ४ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको २६ दिन बित्यो । तर प्रशासनले अझै दोषीलाई पक्राउ गरेको छैन । हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै अधिकारकर्मीले रिले अनशन सुरु गरेका छन् ।

निर्मलाको हत्या भएको २६ दिन पुगिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै अभिभावक, आमा समुह, महिला अधिकारकर्मी र नागरिक समाजले आन्दोलन जारी राखेका छन् ।

आइतबार ४ घण्टा रिले अनसन बसेका महिला अधिकारकर्मी र नागरिक समाजले सोमबार देखि प्रशासनको मुल गेटमा टेण्ट राखेर रिले अनसन सुरु गरेका छन् । उनीहरुले हत्यारा सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

निर्मला हत्याकाण्ड अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान व्यूरोको टोली नै खटिएको छ । तर दोषीलाई सार्वजनिक गरेको छैन । प्रहरीले घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताएको छ ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट ११ गते निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);