निर्मलाको हत्या गर्ने वास्तबिक हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्मलाको हत्या गर्ने वास्तबिक हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

पुष्कर भट्ट

कञ्चनपुर, ५ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई बचाउन खोजेको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन् ।

भीमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई बचाउन खोजेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । निर्मलाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोमबार भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ बर्षिया दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर विष्ट निर्दोष रहेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । आन्दोलनमा उद्योगी व्यवसायी, आमा समूह, अधिकारकर्मी लगायतले मंलबार महेन्द्रनगर बजार बन्द गरेर प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ ।

प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा दुई प्रहरी र केही आन्दोलनकारी घाईते भएका छन् । घाईते प्रहरीको अञ्चल अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीले निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

गत साउन ११ गते निर्मला मृत अवस्थामा उखुघारीमा फेला परेकी थिइन् । त्यसपछि घटनमा संलग्नलाई कारबाहीको माग गर्दै आमा समुह, स्थानीय, अधिकारकर्मी र नागरिक समाजले आन्दोलन गर्दै आएका छन् । दोषीलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);