राजनीतिक दलको अबरोधका कारण सबै स्थानीय तहमा बैंक पुगेनन् : गभर्नर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजनीतिक दलको अबरोधका कारण सबै स्थानीय तहमा बैंक पुगेनन् : गभर्नर

आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण

काठमाडौं, ५ भदौ । नेपाल राष्ट्र बैंकले स्थानीय राजनीतिक दलहरुले अवरोध गरेपछि कतिपय स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन नसकेको स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले स्थानीय राजनीतिक दलहरुले रोजगारीलगायतका माग राखेर अवरोध गरेपछि कतिपय स्थानीय तहमा अझै पनि बैंक तथा वित्तिय संस्था स्थापना गर्न नसकिएको स्पष्टिकरण दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा अर्थ समितिको बैठकमा बैंकको भावी योजना, नीति तथा कार्यक्रमबारे जानकारी दिँदै उनले नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापनाको कामलाई उच्च प्राथमिकता दिएको बताए ।

गभर्नर नेपालले प्रविधि, सुरक्षा लगायतका पूर्वाधारको अभाव भएका स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापनाका लागि अर्थ मन्त्रालयसँग सहकार्य गरेर काम भईरहेको पनि स्मरण गराए ।

अझै १ सय १६ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन सकेको छैन । गभर्नर नेपालले सुरक्षाको व्यवस्था नभएका ठाउँहरुमा आफूले बैंक तथा वित्तिय संस्थाहरुलाई तत्काल जान बाध्य पार्न नमिल्ने बताए ।

गभर्नर नेपालले वित्तिय तरलता हुन नदिने स्पष्ट पारे । उनले सरकारको नीति तथा कार्यक्रमलाई सहज ढंगले अघि बढाउन आवश्यक लगानी गर्न बैंकहरु सक्षम रहेको समितिलाई जानकारी गराए । गभर्नर नेपालले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);