सुरक्षाका कारण बैंक स्थापनामा ढिलाई : डेपुटी गभर्नर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुरक्षाका कारण बैंक स्थापनामा ढिलाई : डेपुटी गभर्नर

nepal rastra bank

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले केही स्थानीय तहमा सुरक्षाका कारण बैंक स्थापना गर्न ढिलाई भईरहेको स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही स्थानीय तहमा खोलिएको बैंकमा पनि सुरक्षाको उचित प्रबन्ध गरिदिन सरकारसँग अनुरोध गरेका छन् ।

रसुवा लगायतका केही जिल्लामा स्थानीय राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई रोजगारी नदिएको भन्दै कर्मचारीहरुलाई लखेटेपछि बैंक सञ्चालनमा समस्या आएको भन्दै उनले सुरक्षाको उचित व्यवस्था गर्न अर्थ मन्त्रालयसँग अनुरोध गरेका हुन् ।

राष्ट्र बैंकले यही असार मसान्तसम्म सबै स्थानीय तहमा बैंक सञ्चालन गरिसक्ने योजना बनाएको थियो । ७ सय ५३ वटा स्थानीय तहमध्ये हालसम्म ५ सय ५६ वटा स्थानीय तहमा मात्रै बैंक स्थापना गरिएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);