सबै स्थानीय तहमा बैंक स्थापना गर्ने कार्ययोजना पेश गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

सबै स्थानीय तहमा बैंक स्थापना गर्ने कार्ययोजना पेश गर्न निर्देशन

nepal rastra bank

काठमाडौं, ५ भदौ । प्रतिनिधिसभाको अर्थ समितिले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना गर्ने कार्ययोजना एक हप्ता भित्र समितिमा पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

अझै पनि मुलुकको १ सय १६ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुन सकेको छैन । समितिले वित्तिय तरलता आउन नदिन नेपाल राष्ट्र बैंकसँग योजना माग गर्ने निर्णय पनि गरेको छ ।

वित्तिय तरलता आउन नदिने योजना नेपाल राष्ट्र बैंकसँग माग गर्ने निर्णय पनि गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

बैठकमा समितिमा सदस्यहरुले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको ध्यानाकर्षण गराए ।

समितिका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वित्तिय तरलता आउन नदिन आवश्यक योजना बनाउन नेपाल राष्ट्र बैंकलाई सचेत गराए । उनले लगानी बढाउने नेपाल राष्ट्र बैंकको योजना के छ भनि प्रश्न गरे ।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गर्न ढिलाई नगर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरे । पूर्व अर्थमन्त्री समेत रहेका उनले हरेक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाउनेगरी नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न पनि ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्यहरुले दिर्घकालीन लगानी सुनिश्चित हुने गरी आफ्नो कार्ययोजना बनाउन पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);