सुरक्षाको व्यवस्था नभएसम्म स्थानीय तहमा बैकिङ सुविधा विस्तार गर्न नसकिने : नेपाल राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुरक्षाको व्यवस्था नभएसम्म स्थानीय तहमा बैकिङ सुविधा विस्तार गर्न नसकिने : नेपाल राष्ट्र बैंक

nepal rastra bank

काठमाडौं, १९ माघ । नेपाल राष्ट्र बैंकले जनताको धनको पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सबै स्थानीय तहमा बैकिङ सुविधा विस्तार गर्न नसकिने स्पष्ट पारेको छ ।  शाखा विस्तार गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपनि सबै स्थानीय तहमा बैंक जान नमानेपछि केन्द्रीय बैंकले सुरक्षाको प्रश्न उठाएको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले जनताको धनको पुर्ण सुरक्षाको प्रत्याभुति नभएसम्म सबै स्थानीय तहमा बैकिङ सुविधा विस्तार गर्न नसकिने बताए । शुक्रबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको दोश्रो बैकिङ्ग एक्स्पोको उद्घाटन गर्दै उहाँले सुरक्षाको व्यवस्था नभएकाले सबै स्थानमा वित्तिय संस्था पुग्न नसकेको बताउनुभएको हो । राष्ट्रबैकले वित्तिय संस्थालाई जनताको पैसा लिएर गएर खुला चौरमा बस भन्न नसक्ने भन्दै उहाँले त्यसका लागि सरकारले सुरक्षा, संञ्चार र वस्तीको व्यवस्था गर्नुपर्ने बताए ।

गर्भनर नेपालले अझै पनि बैकिङ्ग सुविधा सिमिति व्यक्तिमा मात्रै रहेको भन्दै वित्तिय साक्षारता बढाउन बैक तथा वित्तिय संस्थालाई आग्रह गरे । वित्तिय क्षेत्र सम्बन्धी जानकारी दिन गरिएको एक्स्पोमा न्युन उपस्थिती हुनुले वित्तिय साक्षारताको अवस्थालाई उजागर गरेकाले त्यस तर्फ गम्भीर बन्नुपर्नेमा जोड दिए ।

वित्तिय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले आफ्नो पैसाले थप कमाएको छ कि छैन भन्नेमा बचत कर्ता चनाखो हुनुपर्ने बताए । त्यसैगरी डेभलपमेण्ट बैकर्स एशोसियसनका महासचिव झलक प्रसाद खनालले मुलुकका सबै स्थानमा बैकिङ्ग शाखा पुर्याउने सरकारी नीति अनुसार अघि बढीरहेको पनि बताए ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था तथा बैंक, बीमा, रेमिट्यान्स, मर्चेन्ट बैंक लगायतको सूचनामूलक स्टलहरु रहेका छन् । एक्स्पोमा बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा गोष्ठी पनि संचालन हुने आयोजकले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);