ग्यासबाहेक सवै इन्धनको मूल्य बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ग्यासबाहेक सवै इन्धनको मूल्य बढ्यो

indhan

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने एलपी ग्यासबाहेक सवै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल र मटीतेल प्रतिलिटर २ \ २ रूपैयाँ, पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर पाँच रूपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर गरिएकोे प्रवक्ता वीरेन्द गोइतले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र निगमलाई इन्धन उपलब्ध गराउने भारतीय आयल कर्पोरेसनबाट पनि मूल्य बढेर आएकाले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको उनले जानकारी दिए । मूल्य समायोजनपछि पनि निगमलाई मासिक ३० करोड रूपैयाँ घाटा रहेको प्रवक्ता गोइतले जानकारी दिए ।

मूल्य समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैयाँ पुगेको छ भने डिजेल मटीतेल प्रतिलिटर ८३ रूपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर ९५ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यासमा भने निगमलाई अझै प्रतिसिलिन्डर २ सय २ रूपैयाँ घाटा छ । मूल्य समायोजनपश्चात निगमलाई डिजेलमा प्रतिलिटरमा ३ रूपैयाँ ३७ पैसा घाटा छ । पेट्रोलमा भने प्रतिलिटर २ रूपैयाँ नाफा छ । इन्डियन आयल कर्पोरेसन आइओसीले बिहीबार पठाएको नयाँ मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गरेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको हो । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ । दुई महिनायता निगमले इन्धनमा पूर्ण रूपमा स्वचालित मूल्य लागू गर्दै आएको छ । आजको कारोबार दैनिकमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);