नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाल आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

nepal-oil-nigam-

काठमाडौं, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँले वृद्धि गरेको हो । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ रहेकामा अब भने १ सय ४ रूपैयाँ पुगेको छ ।

यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गराएकोे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);